भारतसँग हारे पनि फाइनल पुग्ने नेपालको सम्भावना कायमै

 असोज २५, २०७८ सोमबार ९:२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - साफ च्याम्पियनसिप फुटबलमा गएरातिको खेलमा नेपाल पराजित भए पनि फाइनलमा पुग्ने सम्भावना भने कायमै छ । अब बङ्गलादेशसँग हुने खेलमा नेपालले एक अङ्क बटुल्न सके पनि त्यो फाइनल पुग्नका लागि पर्याप्त हुनेछ ।

पर्सि बुधवार बङ्गलादेशसँगको खेल नेपालका लागि 'गर या मर' को हुनेछ । बङ्गलादेशसँग हारेमा नेपाल बाहिरिने छ ।  नेपाल र बङ्गलादेशको खेल पर्सि दिउँसो पौने ५ बजे हुनेछ । यदि खेल बराबरी भएमा भने नेपाल ७ अङ्कका साथ फाइनलमा प्रवेश गर्नेछ ।

जित्ने टोली ९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अब सम्पूर्ण ध्यान बङ्गलादेशको खेलमा केन्द्रित गर्ने बताएका छन् । गएराति भारतसँग १–० गोल अन्तरले पराजित भएसँगै नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा धकेलिएको छ ।

प्रतियोगितामा पहिलो हार बेहाेरेकाे नेपाल ३ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा झरेको छ । ६ अङ्क जोडेको माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको छ । जितसँगै ३ खेलमा ५ अङ्क जोडेको भारत तेस्रो स्थानमा पुगेको छ । यस्तै, बङ्गलादेश ३ खेलमा ४ अङ्क जोडेर चौथो स्थानमा छ ।

साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेकोमा श्रीलङ्का भने बाहिरिइसकेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया