जाजरकोटबाट मेला हेर्न रुकुम आएकी किशाेरी बलात्कृत

 कात्तिक ११, २०७८ बिहिबार २०:१९:३७ | राजु लामिछाने
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रुकुम पश्चिम – रुकुमको आठबीसकोटमा एक किशाेरी बलात्कृत भएकी छिन् । जाजरकोटको नलगाड नगरपालिका १ की १४ वर्षीया किशोरी हिजो बुधवार बेलुका आठबीसकोट नगरपालिका १४ मा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

रुकुममा लागेको मेलाको अवसरमा भलिबल हेर्न जाजरकोटबाट आएकी ती किशोरीलाई आठबीसकोट १४ पिपलचौरका २६ वर्षीय झलक जैसीले बलात्कार गरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय आठबीसकोटमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताउनुभयो ।

बलात्कारपछि बेहोस अवस्थामा रहेकी किशाेरीलाई राति नै आठबीसकोटमा रहेको नगर अस्पताल पुर्याइएको थियो । प्रहरी निरीक्षक शर्माका अनुसार उनको अत्यधिक रक्तश्राव भइरहेको छ । 

नगर अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि आज दिउँसो नेपालगञ्ज रेफर गरिएको अस्पतालले जनाएको छ । उनको अवस्था गम्भीर छ । घटनाको अनुसन्धान भइरहेको र अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया