गुल्मीमा शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

 भदौ २०, २०७५ बुधबार १३:३८:४५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको अर्जै माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीबीच उत्पन्न सामान्य विवादलाई लिएर शिक्षकले विद्यार्थीहरुमाथि कुटपिट गरेका छन् । 

कुटपिटवाट गम्भीर घाइते भएका एक विद्यार्थीलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज, पाल्पामा लगिएको छ । 

विद्यालयका शिक्षकहरु खुमलाल पन्थी र हिमाल घर्तीले विद्यार्थीहरु माथि कुटपिट गरी बिद्यार्थीहरुलाई घाइते बनाएको अभिभावकहरुले बताएका छन् ।

कुटपिटबाट गम्भीर घाइते भएका कक्षा १० मा अध्यनरत विद्यार्थी नविन अर्यालको अहिले भइरहेको छ । 

अर्यालको शरीरका विभिन्न भागमा निल डामहरु रहेको र टाउकोको बाहिरी भागमा चोट नदेखिए पनि भित्री भागमा केही असर पुगेको बताइएको छ । घाइते विद्यार्थीलाई मंगलबार राति नै एम्बुलेन्समा  राखेर मार्फत प्रधानाध्यापक कमल प्रसाद अर्याल र घाइतेका बुवा बलराम अर्यालले उपचारका लागि पाल्पा लगेका हुन् ।

बुधवारदेखि सदरमुकाम तम्घासमा संचालनहुनलागेको अनेरास्ववियू फुटवल कप २०७५ मा भाग लिन त्यस विद्यालयका विद्यार्थीहरु सदरमुकाम तम्घास जान पाउनु पर्ने र सम्पूर्ण विद्यार्थीहरुको सबै खर्च विद्यालयले व्यहोर्नु पर्ने मागको विषयलाई लिएर विद्यालय प्रशासन र विद्यार्थीहरुबीच विवाद उत्पन्न भएको बताइएको छ । 
शिक्षक र विद्यार्थी बीच उत्पन्न विवादले चर्को रुप लिन थालेपछि विद्यालयले मंगलवार विद्यार्थीका अभिभावकहरुलाई पत्र काटेर छलफलका लागि बोलाएको र अभिभावकहरु छलफलका लागि विद्यालय नपुग्दै विद्यार्थीहरुलाई प्रार्थना सकिएलगत्तै शिक्षकहरुले कुटपिट गरेर कक्षाकोठामा थुनेको अभिभावक संघका सदस्य तेज नारायण अर्यालले बताउनुभयो। 

प्रधानाध्यापक कमल प्रसाद अर्यालले विद्यार्थीहरुलाई सम्झाइ बुझाई गरेर समस्याको समाधान गर्ने भन्दापनि उनीहरुलाई पिटेर तह लगाउनु पर्छ भन्ने गलत मान्यताको विकासका कारण घटना घट्न पुगेको बताउनु भयो ।

उहाँ अहिले आफू घाइते विद्यार्थीसँगै अस्पतालमा रहेको र डाक्टरहरुले उनीहरुकोे अवस्था खतरामुक्त रहेकोे जानकारी पाएको बताउनुभयो । 

घटनाको जानकारी पाएपछि विद्यालय व्यवस्थापनका अध्यक्ष देविराम अर्यालले विद्यालयमा विद्यार्थीहरुमाथि शिक्षकहरुले कुटपिट गर्नु गलत भएको भन्दै अहिले आफू घाइते विद्यार्थीको अवस्थाको बारेमा जानकारी लिन बुटवलवाट पाल्पा जाँदै गरेको  बताउनुभयो ।

शिक्षकले विद्यार्थीहरुलाई कुटपिट गर्नु गलत भएको भन्दै अन्य विद्यार्थीका अभिभावकहरुसमेत शिक्षकहरु प्रति थप आक्रोशित बनेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया