बजार अभावमा बारीमै कुहिए बन्दागोभी

 कात्तिक २३, २०७८ मंगलबार १५:३९:५८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिमकाे दहभागेमा बारीमै कुहिएका बन्दागाेभी

रुकुम पश्चिम – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १ को दहभागेमा किसानले उत्पादन गरेका बन्दागोभी बारीमै कुहिएका छन् । बन्दागोभीले बजार नपाउँदा बारीमै कुहिएको किसानहरूले बताएका छन् ।  

बजार अभावका कारण बारीमै बन्दागोभी कुहिएपछि किसानहरू चिन्तित बनेका छन् । त्रिवेणी गाउँपालिका १ का किसान मनकला खत्रीले तरकारी व्यवसायका लागि उब्जाएका बन्दागोभीले बजार नपाउँदा बारीमै कुहिएको बताउनुभयो । 

अर्का किसान हरिभक्त ओलीले दहभागे टोलका प्रायः किसानले मेहनत र लगानी गरेर उब्जाएको खेती खेर जाँदा किसानहरू हतोत्साही भएको जनाउनुभयो । ‘स्थानीय बजारमा समेत खपत भएन’, ओलीले भन्नुभयो, ‘दाङ पठाउँदा किसाने मूल्य पाउनुको साटो ढुवानी भाडासमेत बेहोर्नुपर्ने अवस्था आयो ।’

स्थानीयवासी छविलाल केसीका अनुसार यहाँका १५ घर किसानले यस पटक लगाएका बन्दागोभी बारीमै कुहिएको छ । झन्डै २५ कठ्ठा जमिनमा लगाएको बन्दागोभी कुहिएर गएको केसीले बताउनुभयो । 

दाङबाट प्रति केजी १० रुपैयाँको दरले माग आए पनि त्यहाँसम्म पुर्‍याउँदा प्रति केजी १७ रुपैयाँ भाडा नै लाग्ने भएकाले बन्दागोभी किसानकै बारीमा कुहिएको बताइएको छ । बन्दागोभी कुहिएपछि किसानहरूले पालिकाबाट क्षतिपुर्तिको आशा गरेका छन् ।  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया