खोरबाट बाख्रा निकाल्न जाँदा चितुवाले आक्रमण गर्‍याे

 भदौ २१, २०७५ बिहिबार १४:५०:४२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा चितुवाको आक्रमणवाट एक महिला घाइते भएकी छन् । 

धुर्कोट गाउँपालिका –४, जैसिथोक निवासी ३१ वर्षीय तारादेवी पोख्रेललाई बिहीबार बिहान चितुवाले आक्रमण गरेको हो । बिहान ६ बजेतिर घरनजिकै रहेको गोठमा बाख्रा सार्नका लागि खोरको ढोका खोल्ने क्रममा खोरभित्र रहेको चितुवाले भाग्ने क्रममा अचानक पोख्रेलललाई झम्टिएको हो । 

‘बिहान गोठमा गएर खोरबाट बाख्रा निकाल्छु भनेर खोरको ढोका के खोलेकी थिए भित्रवाट एक्कासि झम्टियो, त्यसपछि मेरो होसै हरायो’, उहाँले भन्नुभयो, ‘बेलुकी खोरमा चारवटा बाख्रा थुनेर घर फर्केकी थिएँ, बिहान जाँदा ढोका बन्द नै थियो, राति चितुवाले कसरी ढोका खोलेछ, चितुवाले ढोका खोलेपछि होला दुईवटा बाख्रा राति नै बाहिर निस्केछन्, कसैलाई पनि थाहा भएन, बिहान  एक्कासि त्यस्तो भयो, पछि थाहा पाएँ खोरमा रहेकामध्ये एउटाको त खुन खाएर मारिसकेको छ’, जिल्ला अस्पताल तम्घासमा उपचारार्थ पोख्रेलले बताउनुभयो । 

चितुवाको आक्रमणबाट घाइते बनेकी पोख्रेलको अहिले जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको र उहाँकोे अवस्था खतरामुक्त रहेको डाक्टरहरुले बताएका छन् । गएको वर्ष पनि गुल्मीमा चितुवाले गोठमै आएर दुई दर्जनभन्दा बढी घरपालुवा जनावरहरुलाई आक्रमण गरी मारेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख कृष्णराजन् यौपानेले बताउनु भयो । 

चितुवाले यसरी बस्तीमै आएर मानिसमाथि आक्रमण गर्नु र उसको बिगबिगी बढ्नुको मुख्य कारण जंगलहरु बढ्दै जानु, जंगलमा पानीका मुहानहरु प्रयाप्त नहुनु, गाउँमा मानिसहरुको बसोकासमा कमी हुँदै जानुलगायतका कारणहरु रहेको न्यौपानेले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया