२४ घण्टामा कोरोना सङ्क्रमण दर तीन प्रतिशतभन्दा तल झर्‍याे

 मंसिर २, २०७८ बिहिबार १६:३२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे सङ्क्रमण दर तीन प्रतिशतभन्दा तल झरेको छ । ११ हजार एक सय ५१ जनाको नमुना परीक्षण गर्दा जम्मा दुई सय ९९ जनामा सङ्क्रमण देखिएको छ । यो परीक्षण गरिएका नमुनाको दुई दशमलव ६८ प्रतिशत हो ।

नेपालमा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि आज बिहीवार दोस्रो पटक सङ्क्रमण दर तीन प्रतिशतभन्दा तल झरेको हो । यसअघि कात्तिक २५ गते सङ्क्रमण दर साढे दुई प्रतिशतमा झरेको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा थप दुई सय ६० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९९ हजार एक सय ७६ पुगेको छ । अहिले नेपालमा सात हजार ६ सय ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यही अवधिमा ६ जना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७१ हजार आठ सय ९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: जेठ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया