रुकुम पश्चिमको चौरजहारीमा साबुन उद्योग सञ्चालन

 मंसिर २, २०७८ बिहिबार २०:२६:१२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिममा चौरजहारी साबुन उद्योग आज बिहीवारदेखि सञ्चालनमा आएको छ । चौरजहारी सोप इन्डट्रिज एन्ड रिसर्च प्रा.लि.ले साबुन उद्योग सञ्चालनमा ल्याएको हो । 

कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आज एक कार्यक्रमका बीच यो उद्योगको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा पूर्वमन्त्री शर्माले स्थानीयस्तरमा युवाहरूको सहभागितामा साबुन उद्योग सञ्चालन गर्नु स्वरोजगारको नमुना भएको बताउनुभयो । 

उहाँले उत्पादन र खपत बढाउन गुणस्तरमा ध्यान दिएमा व्यवस्थित उद्योग भएर गर्व गर्न लायक हुने विश्वास व्यक्ति गर्नुभयो । यस्ता स्वरोजगारमुखी गतिविधिलाई आफूहरू आवश्यक सहयोग गर्न तयार रहेको समेत उहाँले बताउनुभयो । 

चौरजहारी नगरपालिका २ मा रहेको चौरजहारी सोप इन्डस्ट्रिज एन्ड रिसर्च प्रा.लि.ले सस्तो र गुणस्तरीय साबुन उत्पादन गरेको उद्योगका अध्यक्ष पूर्णबहादुर रोकायाले जानकारी दिनुभयो । अध्यक्ष रोकायाले अहिले दैनिक पाँच सय वटा साबुन उत्पादन गरिएको जनाउनुभयो । यहाँ उत्पादित साबुन अहिलेलाई रुकुम, सल्यान र जाजरकोटका विभिन्न ठाउँमा पठाइने र कालीकोट, सुर्खेत र जुम्लामा पनि डिलरको माग भइ आएको उहाँले बताउनुभयो । 

‘अहिलेलाई काठमाण्डौबाटै कच्चा पदार्थ ल्याएर साबुन उत्पादन गरेका छौँ’, अध्यक्ष रोकायाले भन्नुभयो, ‘अब स्थानीयस्तरका कच्चा पदार्थको खोजी गरेर उपयोग गर्नेछौँ । अध्यक्ष रोकायाका अनुसार अहिले लुगा धुने साबुन मात्र उत्पादन गरिए पनि अब चाँडै नै नुहाउने साबुन र सोडा पनि उत्पादन गरिनेछ । 

रिसर्च प्रा.लि.का सचिव प्रवेश बटालाले पाँच युवाको ४० लाख रुपैयाँ लगानीमा साबुन उद्योग सञ्चालन गरिएको बताउनुभयो । स्थानीय युवाहरू पूर्णबहादुर रोकाया, प्रवेश बटाला, सरस्वती बटाला रेग्मी, हरिष केसी, लक्ष्मण रोकायाको लगानीमा यो उद्योगमा सञ्चालनमा आएको हो । 
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया