२४ घण्टामा २ लाख ११ हजार जनाभन्दा धेरैले काेराेनाविरुद्धकाे खाेप लगाए

 मंसिर १४, २०७८ मंगलबार १७:३०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर दुई लाख ११ हजार जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । 

सरकारले देशभर १८ वर्षमाथिका सबैलाई कोरोना भाइरसविरुद्धको खोप लगाइरहेकामा पछिल्लो एकै दिन दुई लाख ११ हजार पाँच सय ५३ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।योसहित नेपालमा ८४ लाख ३७ हजार आठ सय ६० जनाले पूर्ण मात्रा र ९८ लाख ७९ हजार ६ सय ४८ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् । 

यसैबीच पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरी ६ हजार चार सय ६९ जनाको नमुना परीक्षण गर्दा दुई सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५६ जना निको भएका छन् । याेसहित काेराेना सङ्क्रमणबाट मुक्त हुनेकाे सङ्ख्या आठ लाख दुई हजार नाै सय नाै पुगेकाे छ । 

यही अवधिमा थप दुई जनासहित कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय २६ जना पुगेको छ । अहिले नेपालमा ६ हजार नौ सय ३१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया