रुकुम पूर्व : मालपोत कार्यालयमा इन्टरनेट नचल्दा सेवाग्राही समस्यामा

 मंसिर १५, २०७८ बुधबार १२:२:५२ | राजु लामिछाने
unn.prixa.net

रुकुम – रुकुम पूर्वको मालपोत कार्यालयमा इन्टरनेट नचल्दा सेवाग्राहीले समस्या भोग्नु  परेको छ । टाढा टाढाबाट सेवा लिन पुगेका सेवाग्राही होटलमा बस्न बाध्य भएका छन् ।

एक दिनको काम हप्ता दिनसम्म नहुँदा खर्च बढेको उनीहरुको गुनासो छ । 'यहाँ आएकाे ६ दिन भयो तर काम अझै भएको छैन’ सिस्ने गाउँपालिका वडा नम्बर ५ बाट आउनुभएका टिकाराम कार्कीले भन्नुभयो, ‘दिनभर कतै काम भइहाल्छ कि भनेर कार्यालयमा कुर्नेहरु धेरै छन् ।’

जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर १ र २, पुथाउत्तरगंगा गाउँपालिकाबाट समेत २/ ३ दिनसम्म हिँडेर मालपोत कार्यालय पुगेका सेवाग्राही थप मारमा परेका छन् । सरकारी सेवाको लागि कार्यालयमा आएर हप्तौँ कुर्दा पनि काम नभएको भन्दै सेवाग्राहीले आफूहरु अप्ठ्यारोमा परेको बताएका छन् ।

बैंक ग्यारेन्टी, धितो, जग्गा पास लगाएतका कामहरु लिएर मालपोत पुगेका सेवाग्राहीहरुसधैँ रित्तो हात फर्कनु परेको छ ।  मालपोत कार्यालयका प्रमुख मोहनलाल केसीले सेवाग्राहीको समस्यालाई बुझ्दाबुझ्दै पनि इन्टरनेटको समस्याले काम गर्न नसकिएको बताउनुभयो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • धनलाल बुढा मगर

    Dec. 2, 2021, 12:25 p.m.

    समस्या वास्तविक हो। विकल्पको खोजी गरिनु पर्दछ।

  •  0 Reply

तपाईको प्रतिक्रिया