नेपालमा काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या १ कराेड नाघ्याे

 मंसिर १५, २०७८ बुधबार १७:२३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालमा कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाउनेको सङ्ख्या एक कराेड नाघेकाे छ । 

पछिल्लाे २४ घण्टामा दुई लाख २७ हजार पाँच सय ८४ जनाले खोप लगाएसँगै काेराेनाविरुद्धकाे खाेप लगाउनेकाे सङ्ख्या एक कराेड नाघेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । अहिलेसम्म नेपालमा ८५ लाख १४ हजार ६ सय ८४ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै एक करोड ३० हजार चार सय आठ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

आज लगातार दोस्रो दिन पनि दुई लाख जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइएकाे हाे । हिजो मङ्गलवार पनि एकै दिन दुई लाख १२ हजार जनालाई काेराेनाविरुद्धकाे खोप लगाइएकाे थियाे ।

यसैबीच पछिल्लो २४ घण्टामा थप तीन सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार सात सय २७ जनाको नमुना परीक्षण गर्दा दुई दशमलव ४८ प्रतिशत अर्थात् तीन सय १६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै थप दुई सय ५९ जना निको भएसँगै काेराेना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या आठ लाख तीन हजार एक सय ६८ पुगेको छ ।

यही अवधिमा तीन जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय २९ पुगेको छ ।

अहिले नेपालमा ६ हजार नौ सय ५४ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया