२४ घण्टामा ३ सय १५ जनामा कोरोना पुष्टि, ६ सङ्क्रमितकाे ज्यान गयाे

 मंसिर १६, २०७८ बिहिबार १६:४७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा तीन सय १५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ११ हजार चार सय तीन जनाको नमुना परीक्षण गर्दा दुई दशमलव ७६ प्रतिशत अर्थात् तीन सय १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएकाे परीक्षणमा आठ लाख २१ हजार नाै सय ४९ जनामा र एन्टिजेन विधिबाट गरिएकाे परीक्षणमा ९५ हजार पाँच सय ४६ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । 

यस्तै थप दुई सय एक जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख तीन हजार तीन सय ६९ पुगेको छ । 

यही अवधिमा ६ जना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ३५ पुगेको छ । नेपालमा अहिले सात हजार ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

यसैबीच, २४ घण्टामा थप एक लाख ४१ हजारभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८५ लाख ५९ हजार दुई सय जनाले पूर्ण मात्रा र एक करोड एक लाख २७ हजार चार सय जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया