२४ घण्टामा नेपालमा काेराेना सङ्क्रमणका कारण कसैकाे पनि ज्यान गएन

 मंसिर १७, २०७८ शुक्रबार १६:२३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि पहिलो पटक दैनिक विवरणअनुसार कसैको पनि ज्यान नगएको हो ।

नेपालमा अहिलेसम्म ११ हजार पाँच सय ३५ जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार आठ सय ३६ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव १३ प्रतिशत अर्थात् दुई सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ४७ जना निको भएसँगै अहिलेसम्म आठ लाख तीन हजार सात सय १६ जना कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । अहिले नेपालमा ६ हजार नौ सय २१ जना सक्रिय सङ्क्रमित छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ७५ हजार पाँच सय ६७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया