नर्वेको ओस्लोमा पनि भेटिए ‘ओमिक्रोन’ सङ्क्रमित

 मंसिर १८, २०७८ शनिबार ७:३८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - 'ओमिक्रोन’ भाइरसको सङ्क्रमण देखिएपछि नर्वेको ओस्लोमा प्रतिबन्ध लागू गरिएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का एक जना बिरामी भेटिएपछि प्रतिबन्धसहित स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिएको हो ।

गएको हप्ता ओस्लोमा सय जनाभन्दा धेरै पाहुना क्रिसमस भोजमा सहभागी भएका थिए । उनीहरुको परीक्षणपछि १७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट नै पुष्टि भएको ओस्लो नगर प्रशासनले जनाएको छ ।

भोजमा सहभागी सबैले खोप लगाएको तर उनीमध्ये केही दक्षिण अफ्रिकाबाट ओस्लो पुगेको पाइएको समाचार संस्था एएफपीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया