कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण अहिलेसम्म कसैको ज्यान गएको छैन : डब्ल्यूएचओ

 मंसिर १८, २०७८ शनिबार ९:४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोनाकाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण अहिलेसम्म कसैको पनि ज्यान नगएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ ।

विश्वभरिबाट सङ्कलन गरिएको ‘ओमिक्रोन’ सङ्क्रमितको विवरणमा अहिलेसम्म कसैको पनि ज्यान गएको पुष्टि नभएको डब्ल्यूएचओले जनाएको हो । तर सङ्क्रमण फैलिरहेको भन्दै डब्ल्यूएचओले सचेत रहन आग्रह गरेको छ ।

सङ्क्रमणबाट जोगिनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्न विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले आग्रह गर्नुभएको छ ।

उहाँले नाक मुख राम्ररी छोप्नुपर्ने, सही तरिकाले मास्क लगाउनुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, कम हावा चल्ने वा भीडभाड भएका ठाउँमा सकभर नजान र बेलाबेलामा हात सफा राख्नुपर्नेमा जोड दिनुभएको छ ।

साथै कोरोना भाइरसविरुद्धको खोप अनिवार्य लगाउन पनि डा.खेत्रपालको आग्रह छ ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया