यूएईमा साढे चार दिनकाे कार्य हप्ता ताेकियाे, अब शुक्रवार आधा दिनपछि बिदा

 मंसिर २१, २०७८ मंगलबार १५:३२:४३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – संयुक्त अरब इमिरेट्स (यूएई) ले विश्वमै पहिलो पटक साढे चार दिनको कार्य हप्ता तोकेको बताएको छ । यसअघि हप्तामा दुई दिन बिदा दिँदै आएकोमा अब शुक्रवार आधा दिनपछि बिदा दिएर साढे चार दिनको कार्य हप्ता तोकेको गल्फ न्यूजले जनाएको छ ।

विश्वका अरू देशमा अहिले पाँच तथा ६ दिनको कार्य हप्ता रहेको छ । साढे चार दिनको कार्य हप्ता आउँदो जनवरी २ देखि लागू हुनेछ । सबै सङ्घीय सरकारी विभागमा जनवरी १ तारिखदेखि नै नयाँ कार्य हप्ता लागू हुनेछ ।

कर्मचारीहरूलाई दैनिक काम गर्ने समय आठ घण्टा तोकिएको छ । शुक्रवार साढे चार घण्टा मात्रै काम गर्नुपर्ने छ । शुक्रवार कर्मचारीहरूलाई घरबाटै काम गर्ने सुविधा वा केही लचिलो कार्यसूची लागू हुनेछ ।

कार्य हप्ता छोट्याउँदा उत्पादकत्व बढ्ने तथा कर्मचारीलाई काम र जीवनयापनको तालमेलमा सहज हुने यूएई सरकारलाई उदृत गर्दै गल्फ न्यूजले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया