२४ घण्टामा ३ सय १५ जनामा काेराेना पुष्टि, २ जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित

 मंसिर २१, २०७८ मंगलबार १६:३५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप तीन सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा ११ हजार आठ सय १० जनाको नमुना परीक्षण गरिएकाे थियाे । योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा ६ हजार ३५२ पुगेको छ । 

यस्तै थप तीन सय चार जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख पाँच हजार दुई सय पाँच पुगेको छ । निको हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

यस्तै यही अवधिमा कोरोनाबाट थप दुई जनाको ज्यान गएकाे छ । योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार पाँच सय ४५ पुगेको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा एक लाख २७ हजार सात सय ५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म खोपको पहिलो मात्रा एक करोड पाँच लाख चार हजार सात सय ६४ जनाले र पूर्ण मात्रा ८७ लाख ८० हजार चार सय ३३ जनाले लगाएका मन्त्रालयले जनाएकाे छ । 

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाण्डाै र ललितपुर छन् । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, भक्तपुर, कास्की, पूर्व नवलपरासी, बाँके र कैलाली छन् । यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, सल्यान र मुगु छन् ।  

अहिले होम आइसोलेशनमा ६ हजार १३, संस्थागत आइसोलेशनमा तीन सय ३९, आईसीयूमा एक सय २३ र भेन्टिलेटरमा ३० जनाको उपचार हुँदैछ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया