२४ घण्टामै २ लाख ८३ हजार जनाले कोरोनाविरुद्धको खोप लगाए, २ सय ८० सङ्क्रमित थपिए

 मंसिर २२, २०७८ बुधबार १७:१२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा दुई लाख ८३ हजार जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

सरकारले यही हप्ता दैनिक दुई लाख जनालाई खोप लगाउने योजना सार्वजनिक गरेको थियो । २४ घण्टामा दई लाख ८३ हजार एक सय ३२ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म ८८ लाख ६९ हजार ६७ जनाले पूर्ण मात्रा र एक करोड ६ लाख ९९ हजार जनाभन्दा धेरैले कम्तीमा एक मात्रा खोप लगाएका छन् । अहिलेसम्म कुल एक करोड ९५ लाख ६८ हजार तीन सय मात्रा खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

सरकारले आउँदो चैतभित्र खोप योग्य सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिइसक्ने योजना बनाएर खोप आयात र लगाउने काम गरिरहेको छ । बालबालिकाका लागि पनि फाइजर र मोर्डना कम्पनीको खोप आयात अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म नेपालमा दुई करोड ७३ लाख ५६ हजार पाँच सय ३० मात्रा खोप आइसकेको छ । तीन करोड ५० लाख खोप आउने क्रममा छ ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार एक सय ७४ जनाको नमुना परीक्षण गर्दा दुई दशमलव २९ प्रतिशत अर्थात् दुई सय ८० जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै थप तीन सय ६६ जनासहित सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख पाँच हजार पाँच सय ७१ पुगेको छ । अहिले नेपालमा ६ हजार दुई सय ३९ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

यही अवधिमा दुई जना काेराेना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ४५ पुगेको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया