२४ घण्टामै ३ लाख ३७ हजार जनाले काेराेनाविरुद्धकाे खाेप लगाए, २ सय ११ सङ्क्रमित थपिए

 मंसिर २३, २०७८ बिहिबार १६:२४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामै थप तीन लाख जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । 

सरकारले दैनिक दुई लाख मात्रा खोप लगाउने अभियान चलाइरहेको छ । त्यही अभियान अन्तर्गत आज तीन लाख ३७ हजार एक सय ७२ जनाले काेराेनाविरुद्धकाे खोप लगाएका हुन् । हिजो बुधवार पनि दुई लाख ८७ हजार जनाले खोप लगाएका थिए । 

अहिलेसम्म ९० लाख ५८ हजार पाँच सय ८२ जनाले पूर्ण मात्रा र एक करोड आठ लाख ४६ हजारभन्दा धेरैले कम्तीमा एक मात्रा खोप लगाएका छन् । 

यसैबीच पछिल्लो २४ घण्टामा थप दुई सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार चार सय ५१ जनाको नमुना परीक्षण गर्दा दुई दशमलव २३ प्रतिशत अर्थात् दुई सय ११ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

यस्तै थप तीन सय २९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख पाँच हजार नौ सय जना पुगेको छ । 

यही अवधिमा दुई जना सङ्क्रमितको ज्यान गएकाे छ । याेसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ४९ पुगेको छ ।

अहिले नेपालमा ६ हजार एक सय पाँच जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया