मोर्डनाको १४ लाख ९७ हजार मात्रा खोप नेपाल आइपुग्यो, बालबालिकालाई लगाइने

 मंसिर २३, २०७८ बिहिबार १६:३३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोराना भाइरसविरुद्धको झन्डै १५ लाख मात्रा खोप नेपाल आइपुगेकाे छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट १४ लाख ९७ हजार मात्रा मोडर्नाको खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।

कोभ्याक्स सुविधाअन्तर्गतको खोप अमेरिकाबाट कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो । हिजो बुधवार कोभ्याक्स सुविधाअन्तर्गत ६ लाख मात्रा कोभिशिल्ड खोप भारतबाट ल्याइएको थियो । 

आज आएको मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइनेछ । यही मङ्सिर २६ गते थप १९ लाख ६५ हजार मोडर्ना खोपको मात्रा ल्याउन लागिएको चौरसियाले बताउनुभयो । केही दिनअघि मात्र एक लाख ८४ हजार चार सय मात्रा मोडर्ना खोप ल्याइएको थियो ।

नेपालमा अहिलेसम्म खरिद गरेर, अनुदान र कोभ्याक्स मार्फत दुई करोड ९४ लाख ५३ हजार पाँच सय २० मात्र खोप ल्याइएको छ ।

सरकारले बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप खरिद गरी पुस १५ गतेसम्म ल्याउने तयारी गरेको विभागले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया