पुस ४ गतेदेखि ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका सबै बालबालिकालाई कोरोनाविरुद्धको खोप

 मंसिर २४, २०७८ शुक्रबार ७:२७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बालबालिकाले आउँदो पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।

५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउने गरी तयारी भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागको खोप शाखा प्रमुख सागर दाहालले विद्यालयबाटै खोप लगाउने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।

यसअघि आएका समेत गरी पर्सि आइतवारसम्म मोडर्नाको ३६ लाख डोज खोप जम्मा हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप आएलगत्तै सबै जिल्लामा पठाइने र पुस ४ गतेदेखि ५७ जिल्लाका बालबालिकालाई खोप लगाउन सुरु हुने खोप शाखा प्रमुख दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि फाइजरको खोप दिइएका २० जिल्लामा भने तत्काल मोडर्ना खोप दिइने छैन । यसअघि काठमाण्डौ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, गोरखा, काभ्रे, कास्की, बाग्लुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुरामा दीर्घ रोगीलाई लगाएर बाँकी रहेको खोप दिइएको थियो । तर त्यो खोप १२ देखि १७ वर्ष उमेरका सबै बालबालिकाले पाएका छैनन् ।

पहिले ५७ जिल्लामा लगाएपछि २० जिल्लाका बाँकी बालबालिकालाई खोप लगाउने सरकारको तयारी छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया