नेपालमा काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ६ हजारभन्दा तल झर्‍याे

 मंसिर २४, २०७८ शुक्रबार १६:४४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा तीन सय ३७ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नौ सय ९७ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा आठ लाख ६ हजार दुई सय २३ जना कोरोना सङ्क्रमित निको भइसकेका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १० हजार चार सय ८७ जनाको नमुना परीक्षण गरेकोमा दुई दशमलव ४६ प्रतिशत अर्थात् दुई सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै थप तीन जनाले कोरोना भाइरसको सङ्क्रणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ५२ पुगेको छ । 

यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख २९ हजार तीन सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हिजो पनि २४ घण्टामै तीन लाख ३७ हजार जनाभन्दा धेरैले खोप लगाएका थिए ।

सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउन आह्वान गर्दै खोप अभियानलाई तीव्र बनाएको छ । नेपालमा कोरोनाविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाउनेको सङ्ख्या एक करोड १० लाख ६६ हजार चार सय ६४ जना पुगेको छ । उनीहरूमध्ये ९१ लाख ६८ हजार तीन सय ५८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया