कतारमा अवैधानिक श्रमिक कसरी वैध हुने भन्ने विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न

 मंसिर २६, २०७८ आइतबार ११:४७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारमा आफ्नो कानुनी हैसियत गुमाएर अवैधानिक भएका आप्रवासी श्रमिकलाई त्यहाँको सरकारले आम माफी दिइरहेको छ । यही सन्दर्भमा त्यहाँ रहेका नेपाली श्रमिकलाई आममाफीकाे प्रक्रियामा गइ वैध हुनको लागि गरिएका व्यवस्थाको बारेमा नेपाली दूतावास र गैर आवासीय नेपाली संघ कतारले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको छ ।

दूतावासका अनुसार शुक्रबार सम्पन्न भएको कार्यक्रममा कतारमा कानुनी अवस्था गुमाएका नेपाली श्रमिकले कसरी वैधानिकता प्राप्त गर्ने भन्ने कुरा सिकाइएको छ । सीमित भौतिक उपस्थितिमा दूतावासको हल र भर्चुअल माध्यम जूमबाट कार्यक्रम सम्पन्न गरिएको दूतावासले जनाएकाे छ । 

कतारले गएकाे अक्टोबर १० देखि आम माफी दिन थालेकाे हाे । यही डिसेम्बर ३१ सम्म आम माफीकाे समय ताेकिएकाे छ । समय सकिँदै गर्दा अहिलेसम्म याे सुविधामार्फत आफ्नाे कानुनी अवस्था सुधार्न नसकेकाहरुलाई सजिलाे हाेस् भनेर दूतावासले कार्यक्रम आयाेजना गरेकाे हाे ।

कम्पनीमा वर्किङ भिसामा कतार गएर विभिन्न कारणले कतारी आइडी नपाएका वा नवीकरण हुन नसकी अवैध रूपमा रहेकाहरूले कुनै रोजगारदाता कम्पनीबाट जब अफर लेटर लिई आवश्यक कागजातसहित विभिन्न केन्द्रमा गएर आफ्नो कानुनी अवस्था सुधार गर्न सक्छन् । 

यसरी आफ्नो कानुनी अवस्था सुधार गर्दा अहिलेसम्मको जरिवाना छुट तथा मिनाहा हुने छ भने आफूले जब अफर लेटर पेस गरेको कम्पनीमा रोजगारीका लागि कागजात नियमित गर्न सकिन्छ । 

त्यसका लागि उम्म सलाल सर्भिस सेन्टर, उम्म सुनाइम सर्भिस सेन्टर(साविकको इन्टस्ट्रियल एरिया) मेसाइमिर सर्भिस सेन्टर, अल वाक्रा सर्भिस सेन्टर र अल रैयान सर्भिस सेन्टरमा जान सकिन्छ ।

यसरी रोजगारी सुनिश्चित नभएकाहरूको हकमा भने स्वदेश फिर्तीको सहजीकरणसमेत हुन्छ । त्यसका लागि सर्च एण्ड फलो अप डिर्पाटमेन्ट (एसएएफडी) मा रहेको काउन्टरमा नेपाल फर्कने टिकटको बुकिङ लिएर गएमा दण्ड जरिवाना छुट् तथा मिनाहा गरी स्वदेश फर्कन पाइन्छ । 

जुनसुकै प्रकारको भ्रमण भिसा(टुरिस्ट, पारिवारिक भिसा लगायत)मा कतार गएको तर भिसाको म्याद समाप्त भई अहिले पनि कतारमै रहेकाहरूले भने नेपाल फर्कने टिकटको बुकिङ लिएर एसएएफडी मा उपस्थित भई दण्ड र जरिवाना मिनाहा गरी स्वदेश फर्कन सक्ने छन् ।

कतार सरकारले दिएको यो अवसरको सदुपयोग गर्दै दण्ड जरिवानाबाट बच्न र आफ्नो कानुनी अवस्था सुधार वा स्वदेश फर्कन दूतावासले अनुरोध समेत गरेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया