'ओमिक्रोन' सङ्क्रमण बढेपछि बेलायतमा स्वास्थ्य सङ्कटकाल घोषणा

 मंसिर २७, २०७८ सोमबार १५:५६:४३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' सङ्क्रमण बढेपछि बेलायतले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोन सङ्कटकाल घोषणा गर्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । टेलिभिजनमार्फत सम्बोधन गर्दै जोनसनले ओमिक्रोनको सम्भावित लहरबाट बच्न सबैले सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री जाेनसनले सम्भावित खतरा रोक्न १८ वर्षमाथिका सबै नागरिकलाई खोपको 'बुस्टर' डोज लगाइने पनि बताउनुभयो । बेलायतले यही हप्तादेखि १८ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउन सुरु गर्ने बताउनुभयो ।

कोरोनाविरुद्धको खोपको बुस्टर डोजले कोरोना भाइरस नियन्त्रणमा ७५ प्रतिशतसम्म काम गर्ने वैज्ञानिकहरूले बताएका छन् । बेलायतमा केही हप्तादेखि दैनिक ५० हजारको हाराहारीमा नयाँ सङ्क्रमित थपिइरहेका छन् । सङ्क्रमण देखिएकामध्ये दैनिक पाँच सयको हाराहारीमा ओमिक्रोन पुष्टि हुने गरेको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया