२४ घण्टामा ३ सय ४१ जनामा काेराेना पुष्टि, कति छ खाेपकाे माैज्दात ?

 मंसिर २७, २०७८ सोमबार १७:१२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा तीन सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार दुई सय ३६ जनाको नमुना परीक्षण गर्दा तीन सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएकाे परीक्षणमा आठ लाख २४ हजार पाँच सय ३५ जनामा र एन्टिजेन विधिबाट गरिएकाे परीक्षणमा ९५ हजार आठ सय १० जनामा सङ्क्रमण पुष्टि भएकाे छ । 

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । याेसहित काेराेनाबाट निकाे हुनेकाे सङ्ख्या आठ लाख सात हजार एक सय ५४ पुगेकाे छ । 

यही अवधिमा तीन जना सङ्क्रमितको ज्यान गएकाे छ । याेसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ५७ पुगेको छ ।

अहिले नेपालमा पाँच हजार आठ सय २४ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

कति छ खाेपकाे माैज्दात ?

नेपालमा कोरोनाविरुद्धको खोपको एक करोड मात्रा भन्दा धेरै मौज्दात रहेको छ । अहिलेसम्म नेपालमा तीन करोड १४ लाख १९ हजार तीन सय ३० मात्रा खोप प्राप्त भएकोमा दुई करोड सात लाख ५९ हजार ५४ मात्रा खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा एक करोड ६ लाख ६० हजार मात्रा भन्दा धेरै खोप मौज्दात रहेको छ ।

पछिल्लो २४ घण्टामा एक लाख ८७ हजार ६ सय ६४ जनाले खोप लगाएका छन् । योसहित नेपालमा ९३ लाख दुई हजार १९ जनाले पूर्ण मात्रा र एक करोड १४ लाख ५७ हजार ३५ जनाले कोरोनाविरुद्धको कम्तीमा एक मात्रा खोप लगाएका छन् ।

सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिइरहेकाले आफ्नो नजिकको खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध गरेको छ । यस्तै सरकारले आउँदो पुस ४ देखि १२ वर्षमाथिका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप दिँदैछ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया