रानीझरनामा छाँगाबरोहण सुरु

 जेठ २०, २०७५ आइतबार १६:९:३६ | सिताराम अधिकारी

धादिङ – थाक्रे गाउँपालिका वडा नम्बर–६, मा रहेको रानीझरनामा शनिबारदेखि व्यवसायिक रुपमा छाँगाबरोहण (क्यानोनिङ) सुरु भएको छ ।

काठमाडौंबाट ४० किलोमिटर दूरीमा रहेको पुथ्वीराजमार्गको महादेब बेसीबाट ४ किलोमिटर दक्षिणतर्फ कच्ची बाटो गएपछि रानीझरना पुग्न सकिन्छ । नेपाल क्यानोनिङ एसोसियसनको आयोजना र थाक्रे गाउँपालिकाको सहयोगमा रानीझरना क्षेत्रको पूर्वाधारको सुधार गरी व्यवसायिक सुरुवात गरेको र पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताउनुभयो ।

गाउँपालिकाले सडकको गुणस्तर सुधार, रानीझरना क्षेत्रको पूर्वाधार विकास र थप पूर्वाधार निर्माण, आवास तथा सुरक्षाको प्रबन्ध गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष आचार्यको भनाई छ । शनिबार रानीझरना क्षेत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्प कँडेलले झर्नाबरोहणको उद्घाटन गर्नुभयो ।

पृथ्वीराजमार्गको महादेब बेसीबाट ४ किलोमिटर दक्षिणतर्फ कच्ची सडकमार्ग प्रयोग गरी सडकबाट ५ मिनेट खोलामा झरेपछि रानीभरना पुग्न सकिने भएकोले राजधानीबाट छोटो दूरीमै प्रकृतिको मज्जा लिन सकिने रानीबारी निवासी पत्रकार रामेश्वर काकीले जानकारी दिनुभयो ।

रानीझर्ना क्षेत्रमा शनिबारबाट २१ जनालाई झर्नाबरोहणका लागि आधारभूत तालिम दिन सुरु गरिएको छ । रानीझरनामा जेठ २६ र २७ गते छाँगाबरोहण महोत्सव आयोजना गरिने तयारी गरिएको नेपाल क्योनिङ एसोसिएसनका संस्थापक अध्यक्ष कर्ण थापाले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया