२४ घण्टामा काेराेना सङ्क्रमण दर २ प्रतिशतभन्दा तल झर्‍याे

 पुस १, २०७८ बिहिबार १७:२४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण दर दुई प्रतिशतभन्दा तल झरेको छ । ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा एक दशमलव ६६ प्रतिशत अर्थात् एक सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएयता आज बिहीवार पहिलो पटक सङ्क्रमण दर सबैभन्दा कममा झरेको हो ।

यस्तै थप दुई सय ६७ जनासँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख आठ हजार ८३ जना पुगेको छ । थप दुई जनासहित सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ६७ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ४० हजार जनाभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन् । याेसहित नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ९४ लाख ६८ हजार चार सय ८९ पुगेको छ । यस्तै अहिलेसम्म दुई करोड १२ लाख ३८ हजार ६ सय २३ मात्रा खोप लगाइएकाे मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया