६७ देशबाट नेपाल आउने यात्रुले ७ दिन होटल क्वरेण्टीन बस्नुपर्ने नियम तत्कालका लागि स्थगित

 पुस ३, २०७८ शनिबार ११:२०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका ६७ देशबाट आउने यात्रुले सात दिन होटल करेण्टीनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित भएको छ ।

अध्यागमन विभागले आज सूचना निकालेर सात दिन आफ्नै खर्चमा होटल करेण्टीनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित गरिएको जनाएको छ । विभागका अनुसार अर्को सूचना नआएसम्मका लागि आफ्नै खर्चमा होटल करेण्टीनमा बस्नुपर्ने नियम लागू हुनेछैन । तर काेराेना सम्बन्धी मापदण्ड र यात्राबारे यस अघिका नियम भने यथावत रहेकाे विभागले जनाएकाे छ । 

यसअघि विभागले ६७ देशबाट आउने यात्रुलाई एक हप्ता होटल करेण्टीनमा बस्नु पर्ने नियम लागू गरेको थियो । होटल करेण्टीनमा बस्दा लाग्ने सबै खर्च यात्रुले नै बेहोर्नुपर्ने उल्लेख गरिएको थियो । साथै होटल करेण्टीनमा बसेपछि पीसीआर परीक्षण गर्नुपर्ने र रिपोर्ट नेभेटिभ आएपछि पनि एक हप्ता आफ्नै घरमा सुरक्षित रुपमा बस्नुपर्ने भनिएको थियो ।

पीसीआर पोजेटिभ देखिए तोकिएका आइसोलेशन केन्द्र वा अस्पताल पठाइने विभागले जनाएको थियो। 


 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया