कोरोना रोकथामका लागि भिडभाड नगर्न डब्ल्यूएचओको आग्रह

 पुस ६, २०७८ मंगलबार ११:२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बिदा र यात्राका कार्यक्रम रद्द गर्न आह्वान गरेको छ।

क्रिसमस नजिकिँदै गरेका बेला डब्ल्यूएचओले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिरहेको भन्दै छुट्टीका बेला तय भएका योजना रद्द गर्न अनुरोध गरेको हो ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस ग्याब्रियससले पर्व मनाउने क्रममा हुने ओहोरदोहोर र भीडभाडले सङ्क्रमण झन् तीव्र हुन सक्ने बताउनुभयो ।

उहाँले जिन्दगी नै रद्द गर्नु भन्दा एउटा कार्यक्रम रद्द गर्नु उपयुक्त हुने समेत बताउनुभएको छ । जिन्दगी रहे पर्व अर्को पटक मनाउन पाइने भन्दै ग्याब्रियसले व्यक्ति, समाज र देश सबैले सहयोग गरे मात्रै महामारीबाट जोगिन सकिने उल्लेख गर्नुभएको छ ।

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिएपछि नियन्त्रणका लागि युरोपेली देशले प्रतिबन्धात्मक व्यवस्था लागू गर्ने क्रम बढेको छ । बेलायतमा नयाँ वर्षको पूर्वसन्ध्यामा हुन लागेका कार्यक्रमलाई रोकिएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया