सन् २०२२ कोभिड–१९ अन्त्य वर्ष हुनुपर्छ : विश्व स्वास्थ्य सङ्गठन

 पुस ६, २०७८ मंगलबार १३:२१:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हिजाे सोमवार विश्वलाई आउँदाे वर्षभित्रमा कोभिड–१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ । 

संयुक्त राष्ट्र सङ्घ स्वास्थ्य एजेन्सीले भनेको छ, ‘’२०२२ हामीले महामारीको अन्त्य गर्ने वर्ष हुनुपर्छ ।

‘वर्षको अन्त्यमा चाडपर्वहरू आउँदै गर्दा, हामी सबै सामान्य परिवेशमा फर्कन चाहन्छौँ’, डब्ल्यूएचओले भन्यो, ‘हामीले अब आफूलाई जोगाउन आवश्यक छ । अहिले भिडभाड गरेर रमाइलो मनाएर पछि शोक गर्नुभन्दा अहिले नै कार्यक्रम रद्द गरेर ढिलो मनाउनु राम्रो हो ।’ 

काेराेना भाइरसकाे नयाँ स्वरूप 'ओमिक्रोन' भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकामा फेला परेदेखि यो दर्जनौँ देशमा फेला परेको छ । नयाँ भेरियन्ट डेल्टा भेरियन्ट भन्दा बढी गम्भीर छैन तर सम्भवतः बढी सङ्क्रामक र प्रतिरोधात्मक भने अवश्य छ ।

खोपको पहुँचमा असमानताको बारेमा डब्ल्यूएचओले टिप्पणी गरेको छ, ‘यदि हामीले आउँदाे वर्षमा महामारीको अन्त्य गर्ने हो भने हामीले अहिले नै असमानता अन्त्य गर्नुपर्छ ।’ 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया