२४ घण्टामा २ सय ९० जना सङ्क्रमित थपिए, २ लाख ४७ हजार जनाले खाेप लगाए

 पुस ६, २०७८ मंगलबार १६:४३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १७ हजार ८९ जनाको नमुना परीक्षण गर्दा दुई सय ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । याेसहित नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएकाे परीक्षणमा आठ लाख नाै हजार तीन सय ८७ जना र एन्टिजेन विधिबाट गरिएकाे परीक्षणमा ९६ हजार २१ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । 

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३२ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख नौ हजार तीन सय ८७ जना पुगेको छ ।

यही अवधिमा तीन जना सङ्क्रमितले ज्यान गुमाएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ७७ पुगेको छ । अहिले नेपालमा पाँच हजार दुई सय ४२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार आठ सय १४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा ९७ लाख ३७ हजार तीन सय ३३ जनाले पूर्ण मात्रा र एक करोड २२ लाख ५१ हजार एक सय ८३ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् ।

नेपालमा अहिलेसम्म तीन करोड ८५ लाख ३९ हजार तीन सय ६७ मात्रा खोप प्राप्त भएकोमा दुई करोड १९ लाख ८८ हजार पाँच सय १६ मात्रा खोप प्रयोग भएको छ । अहिले १२ वर्षमाथिका सबैका लागि खोप अभियान चलिरहेको छ । धेरै खोप भण्डारणमा रहेको भन्दै सरकारले खोप लगाउन छुटेकाहरूलाई पायक पर्ने ठाउँमा गएर कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेको छ । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया