नेपालमा थप एक जनामा 'ओमिक्राेन भेरियन्ट' पुष्टि

 पुस ७, २०७८ बुधबार १७:२८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । जिन सिक्विन्सिङका क्रममा एक जना ५८ वर्षका पुरुषमा ओमिक्रोन भेरियन्ट देखा परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिनुभयो ।

ती वृद्धकाे आइसेलनशमा उपचार भैरहेको प्रबक्ता मिश्राले बताउनुभयो । योसँगै नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि हुनेको सङ्ख्या तीन जना पुगेको छ । यसअघि डिसेम्बर ६ तारिखमा दक्षिण अफ्रिकाबाट नेपाल आएका एक विदेशी र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन भेरिअन्ट देखिएको थियो ।

अहिले सङ्क्रमण पुष्टि भएका व्यक्तिसँग सम्पर्कमा रहेकाहरूको पनि जाँच गर्ने काम भइरहेको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता मिश्राले बताउनुभयो । ओमिक्रोन भेरिअन्ट कोरोना भाइरसको अरू भेरिअन्ट भन्दा चाँडो फैलिने वैज्ञानिकहरूले बताउँदै आएका छन् ।  

पछिल्लो २४ घण्टामा दुई सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार दुई ३३ जनाको पीसीआर परीक्षण गर्दा दुई सय १७ जना र चार हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई ७२ जना कोरोनामुक्त भएका छन् । यही दुई जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । 
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया