ललितपुर महानगरमा राहतका लागि कोरोनाबाट प्रभावित ४८९ जनाको विवरण सङ्कलन

 पुस १०, २०७८ शनिबार ८:४६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुर महानगरपालिकामा कोरोनाबाट प्रभावित चार सय ८९ जनाको विवरण सङ्कलन भएको छ ।

अहिलेसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका दुई सय ५६, सङ्क्रमित भइ आईसीयूमा उपचार गराएका ५९ जना र सामान्य उपचार गराएका एक सय ७४ जनाको विवरण प्राप्त भएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका २९ वटै वडाबाट प्राप्त भएका आवेदनका आधारमा यी परिवारलाई रकम उपलब्ध गराउन लागिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकाहरुको परिवारलाई एक लाख २० हजार, आईसीयूमा उपचार गराएकालाई ६० हजार र सामान्य उपचार गराएकालाई ३० हजार रुपैँया राहत रकम उपलब्ध गराइने भएकाे छ। सहयोग रकमको चेक बुझ्न महानगरपालिकामा सम्पर्क गर्न महानगरको सबैलाई आग्रह छ ।

महानगरपालिकामा आवेदन आउने क्रम रहेकाले सङ्ख्या अझै बढ्न सक्ने अधिकृत अर्यालले बताउनु भयो । यसअघि महानगरपालिकाको १०३ औँ स्थापना दिवसका दिन प्रतिवडा एक/एक जना गरेर २९ जनालाई रकम वितरण गरिसकिएको अधिकृत अर्यालले जानकारी दिनुभयो । 

सूची :

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया