२ सय ४१ सङ्क्रमित थपिँदा ज्यान गुमाउने ‘शून्य’

 पुस १५, २०७८ बिहिबार १८:१२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर दुई सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आठ हजार आठ सय ९७ जनाको नमुना परीक्षण गर्दा दुई सय ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप दुई सय २८ जना निको भएका छन् । याेसहित नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ११ हजार सात सय ४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले चार हजार आठ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५६ हजार एक सय १२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म एक करोड तीन लाख ६ सय जनाले पूर्ण मात्रा खोप लगाएका छन् । एक करोड ३९ लाख ७१ हजार जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया