एमालेबाट निर्वाचित पाणिनी गाउँपालिका उपाध्यक्ष कांग्रेसमा प्रवेश

 पुस १९, २०७८ सोमबार १४:२७:१९ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – २०७४ सालको पालिका चुनावमा अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । 

नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले आज साेमवार दुर्गाफाँटमा गरेकोे आमसभा कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गाैतमसहित अन्यलाई पार्टीमा प्रवेश गराउनुभएको हो । गौतम गाउँपालिका महासङ्घको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।

नेकपा एमाले, नेकपा माओवादीका केही नेता/कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । 

यस आमसभामा महामन्त्री थापा, केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुष्पा भुसाल, केन्द्रीय सदस्य सञ्जय गौतमलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया