१२ हजार ४ सय ९८ जनाकाे नमुना परीक्षण गर्दा ३ सय २६ जनामा काेराेना पुष्टि

 पुस १९, २०७८ सोमबार १६:४३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा तीन सय २६ जनामा कोरोना भाइरसको सङ्क्रण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार चार सय ९८ जनाको नमुना परीक्षण गर्दा तीन सय २६ जनामा सङ्क्रण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५५ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार ६ सय ७४ पुगेको छ । अहिले नेपालमा पाँच हजार पाँच जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यही अवधिमा थप दुई जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ९८ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख ४४ हजार ४४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा एक करोड पाँच लाख ९७ हजार सात सय ९७ जनाले पूर्ण मात्रा र एक करोड ४३ लाख ६० हजार ६ सय ८३ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया