दक्षिण कोरियामा ओमिक्रोनबाट पहिलो पटक दुई जनाको ज्यान गयो

 पुस २०, २०७८ मंगलबार ७:९:० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दक्षिण कोरियामा पहिलो पटक दुई जनाको ज्यान गएको छ ।

राजधानी सोलबाट तीन सय ३० किलोमिटर टाढा ग्वान्जौमा सङ्क्रमितको ज्यान गएको हो । सङ्क्रमण पुष्टि भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो ।

दक्षिण कोरियाका सरकारी अधिकारीहरूले दुई जनाको ज्यान गएको पुष्टि गरी सङ्क्रमणबारे थप चिन्ता व्यक्त गरेका समाचार संस्था सिन्ह्वाले जनाएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले पनि महामारीको रूप लिन सक्ने स्वास्थ्य अधिकारीहरुको भनाइ छ । ओमिक्रोन पहिलो पटक दक्षिण अफ्रिकामा देखा परेको थियो ।

दक्षिण अफ्रिकाले गएको नोभेम्बर २४ मा नयाँ भेरियन्टबारे विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराएको थियो । लगत्तै विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’का रूपमा घोषणा गरेको थियो ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया