२४ घण्टामा ५ सय ४० जनामा काेराेना पुष्टि

 पुस २२, २०७८ बिहिबार १७:४४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा पाँच सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन र पीसीआर गरी १२ हजार ९९ सय जनाको नमुना परीक्षण गर्दा पाँच सय ४० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा दुई सय ७१ जना निको भएर घर फर्किएका छन् । याेसँगै अहिलेसम्म आठ लाख १३ हजार चार सय ४७ जना काेराेना सङ्क्रमणमुक्त भएका छन् । 

यस्तै एक जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय २ पुगेको छ । अहिले नेपालमा पाँच हजार चार सय ३१  जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच गएको २४ घण्टामा एक लाख २० हजार ६ सय ५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म एक करोड नाै लाख चार हजार आठ सय ५९ जनाले पूर्ण मात्रा र एक करोड ४७ लाख ३७ हजार चार सय ३३ जनाले एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया