नेपालमा थप २४ जनामा 'ओमिक्राेन' पुष्टि

 पुस २३, २०७८ शुक्रबार १३:३६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज शुक्रवार विज्ञप्ति निकालेर पुस महिनामा सङ्कलन गरिएका एक हजार एक सय ४६ नमुनामध्ये २४ वटामा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको जानकारी गराएको हो ।

यी नमुना देशभरबाट सङ्कलन गरिएका हुन् । यसअघि नेपालमा तीन जनामा ओमिक्रोनकाे सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा ओमिक्रोन पुष्टि हुनेको सङ्ख्या २७ जना पुगेको छ ।

ओमिक्रोन भेरियन्ट फैलिएको पाइएपछि यसका कारण हुन सक्ने बिरामीको चापलाई ध्यान दिएर स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा रहन आग्रह गरेको छ । यस्तै मन्त्रालयले उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अरू सामग्रीको जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ । सीमा नाकामा कोरोना परीक्षणलाई थप प्रभावकारी बनाउने तथा सङ्क्रमण देखिएका व्यक्तिलाई आइसोलेशनमा राखिने विज्ञप्तिमा उल्लेख छ । 

काठमाण्डाैका वीर, निजामती, वीरेन्द्र सैनिक, टिचिङ, प्रदेश २ को प्रदेश जनप्रयोगशालामा एस–जिन सिक्वेन्सिङ हुने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमणको दर पनि बढिरहेको छ । मन्त्रालयले सङ्क्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्डलाई पालना गर्न अनुरोध पनि गरेको छ । 

यस्ताे छ विज्ञप्ति–

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया