यूएईमा अब हप्ताको दुई दिन सार्वजनिक बिदा

 पुस २३, २०७८ शुक्रबार १५:२७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईले हप्ताको दुई दिन सार्वजनिक बिदा दिन थालेको छ ।

२०२२ को सुरुवात सँगै यूएई सरकारले शुक्रबार आधा दिन, शनिबार र आइतबार भने पूरा दिन बिदाको घोषणा गरेको  गल्फ न्युजले खबर लेखेको छ । 

अब यूएईमा हप्तामा चार दिन पूरा र एक दिन आधा कार्य समय हुनेछ । सन् २०२२ को सुरुवातसँगै यूएईका सरकारी कार्यालय र स्कुलहरूमा यो नियम लागू भइसकेको छ  । तर यूएईको सारजहाँ राज्यले भने शुक्रबार पनि पूरा दिन नै बिदा दिने निर्णय गरेको छ । सारजहाँमा यो नियम सरकारी कर्मचारी र विद्यार्थीहरूका लागि लागू हुने छ ।

अन्य राज्यमा भने शुक्रबार बिहान ७ बजेर ३० मिनेटमा कार्य समय सुरु हुने छ भने दिउँसो १२ बजे सकिने छ । 

यूएईका कतिपय निजी कम्पनीले भने शुक्रबार आधा दिनको बिदा नदिई शनिबार र आइतबार पूरा बिदा दिने गर्न थालेका छन् ।  कम्पनीहरूले मध्यदिनमा विश्रामको समय दिने र त्यो समयमा कामदारले प्रार्थना सहभागी हुन सक्ने बताएका छन् । 

यूएई सरकारले यसबाट श्रमिकलाई राम्रो कार्य जीवन दिने र उत्पादकत्व बढाउने विश्वास लिएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • अशेस बुढाथोकी

    Jan. 9, 2022, 7:42 p.m.

    हामिलाइ कम्पनिले १ दिन मात्रै छुट्टि दिन्छ, यो कानुन हाम्रो कम्पनिले लागु गरेन, पहिलेको जस्तै छ हामीलाइ.....

  •  0 Reply

तपाईको प्रतिक्रिया