भारतमा विदेशबाट आउने सबैलाई एक हप्ता होम क्वरेण्टीन अनिवार्य

 पुस २४, २०७८ शनिबार ६:५३:१ | एजेन्सी
unn.prixa.net

भारतमा ओमिक्रोनको सङ्क्रमण बढेपछि थप स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ।

भारत सरकारले विदेशबाट आएका सबै सात दिन होम क्वरेण्टीनमा बस्नुपर्ने नियम लागू गरेको छ। यो नियम जनवरी ११ अर्थात आउँदो मंगलवारदेखि लागू हुनेछ ।

सङ्घीय स्वास्थ्य मन्त्रालयले विदेशबाट आएका सबै यात्रुलाई कम्तीमा एक हप्ता होम क्वरेण्टीनमा बस्न आग्रह गरेको छ।

भारतमा पछिल्ला दिनमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेको छ ।  विदेशबाट आएका कुल यात्रुको कोरोना परीक्षण गर्दा औसतमा दुई प्रतिशत सङ्क्रमित भएको पाइएको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट एक लाख १७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् ।

भारतमा कोरोना भाइरसको महामारी सुरु भएदेखि अहिलेसम्म तीन करोड ५२ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया