एकै दिन ११ सय ६७ जनामा काेराेना पुष्टि

 पुस २५, २०७८ आइतबार १७:३९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा एक हजार एक सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा नौ दशमलव २३ प्रतिशत अर्थात् एक हजार एक सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ सय १५ जना काठमाण्डाै उपत्यकाका छन् ।  

यस्तै पछिल्लो २४ घण्टामा दुई सय २४ जना कोरोना सङ्क्रमित निको भएका छन् । यही अवधिमा दुई जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका मन्त्रालयले जनाएको छ । 

अहिले नेपालमा ६ हजार सात सय ५५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

यसैबीच पछिल्लाे २४ घण्टामा ४५ हजार चार सय ९३ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • रोसन पौडेल !

    Jan. 9, 2022, 9:31 p.m.

    गाह्रो छ अब ! होसियार सबै नागरिक !

  •  0 Reply

तपाईको प्रतिक्रिया