सीमाक्षेत्रमा घर फर्किनेको लर्को : हेल्थ डेस्क व्यवस्थित र प्रभावकारी नहुँदा जोखिम बढ्यो

 पुस २७, २०७८ मंगलबार ११:१३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - रोजगारीका लागि भारत गएका नेपाली धमाधम घर फर्कन थालेका छन् ।

भारतमा कोरोना सङ्क्रमण बढ्न थालेसँगै कामका लागि गएका नेपाली फर्कन थालेका हुन् । नेपाल–भारत सीमा क्षेत्रमा घर फर्कनेको लर्को छ । फर्कनेहरुमा भारतको हरियाणा, पञ्जाब, दिल्ली, मद्रासलगायत सहरमा काम गर्न गएकाहरुको सङ्ख्या धेरै छ ।

सरकारले सीमा नाकामा स्वास्थ्य डेस्क सञ्चालन गरेको भने पनि व्यवस्थित र प्रभावकारी हुन सकेको छैन । नेपालतर्फ आउँनेको भिड बढे पनि स्वास्थ्य जाँच व्यवस्थित हुन नसक्दा जोखिम उत्तिकै छ ।

कोरोना सङ्क्रमण सुरु हुँदा भारतबाट नेपाल आउनेको सङ्ख्या ह्वातै बढेपछि सङ्क्रमणले महामारीको रुप लिएको थियो, अहिले पनि त्यस्तै जोखिम बढेको महोत्तरी सम्सीका मोहम्मद इम्तियाजले बताउनुभयो ।

घर फर्कनेलाई रोक्नेभन्दा पनि सरकारले व्यवस्थित रुपमा स्वास्थ्य जाँच तथा सङ्क्रमण देखिएकाहरुको आवश्यक व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड छ । नेपाल प्रवेश गर्नेलाई भिठ्ठामोरमा स्वास्थ्य हेल्पडेस्क सञ्चालनमा रहेको र सघन आवतजावतको नाका भएको हुँदा स्वास्थ्य र सुरक्षा जनशक्ति बढाइँदै लगिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताउनुभयो । खुला सीमाका कारण दोहोरो आवतजावत हुने भएकाले यसलाई व्यवस्थित गर्न पालिकालाई आग्रह गरेको प्रजिअ दाहालको भनाइ छ ।

मोरङको रानी, झापाको काँकडभिट्टा र इलामको पशुपतिनगर नाकामा हेल्थ डेस्क राखिए पनि स्वास्थ्य परीक्षण छलेर वैकल्पिक बाटो भएर भित्रिने गर्दा पनि जोखिम थप बढेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले धेरै मानिसको आउजाउ र चहलपहल हुने रंगेली नाकामा हेल्थ डेस्क राख्ने तयारी भइरहेको बताउनुभयो । त्यस्तै कपिलवस्तुको कृष्णनगर नाकामा भारतको दिल्ली, मुम्बई, पन्जाब, हरियाणा, महाराष्ट्र र हिमाचल प्रदेशबाट घर फर्किने बढेका छन् ।

कञ्चनपुरको गड्डाचौकी नाकामा पनि घर फर्किनेको घुइँचो छ । गड्डाचौकी नाकामा एन्टिजेन परीक्षण भए पनि अरु नाका ब्रह्मदेव, दोधारा चाँदनी, बेलडाँडी, बेलौरी र पुनर्वासलगायतका नाकामा जाँच नहुँदा जोखिम बढेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया