म्याग्दीमा तत्काल विद्यालय बन्द नगर्ने निर्णय

 पुस २७, २०७८ मंगलबार १९:३५:२३ | रासस
unn.prixa.net

फाइल फाेटाे

म्याग्दी – कोरोना भाइरसकाे सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन् ।

कोरोनाको सङ्क्रमण दर बढ्न थालेपछि काेभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति (सीसीएमसीसी) को सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । आज मङ्गलवार सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कारोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सावधानीलाई कडाइका साथ लागू गर्ने तर तत्काल जिल्लामा शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको हो । 

मन्त्रालयले वार्षिक बिदामा समायोजन हुने गरी शैक्षिक संस्था बन्द गर्न भने पनि जिल्लामा रहेका पालिकाका जनप्रतिनिधि र जिल्लामा रहेकाे सरोकारवालाको सल्लाहअनुसार जिल्लामा कोभिडको सङ्क्रमण भयावह र डरलाग्दो अवस्थामा नपुगेकाले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी रानाले बताउनुभयो । सीसीएमसीसीका संयोजकसमेत रहनुभएका प्रजिअ रानाले 'स्मार्ट लकडाउन' लाई कार्यान्वयन गर्ने र त्यही कार्यविधिअनुसार कोरोना सङ्क्रमणको अवस्था हेरेर बन्द तथा लकडाउनको निर्णय गरिने जानकारी दिनुभयो । 

बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने, खोप अभियानलाई व्यापक बनाउने, स्वास्थ्य पूर्वाधार र सामग्रीसँगै जनशक्तिलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । जिल्लाव्यापी रूपमा कोरोना सङ्क्रमणबाट बच्च र बचाउन तपाईँको मास्क खोइ ? अभियान चलाउने, सञ्चार माध्ययममार्फत प्रचारप्रसार गर्ने, भौतिक दुरी कायम गर्न लगाउने, २५ जनाभन्दा बढी मानिस जम्मा भएर कुनै पनि सार्वजनिक कार्यक्रम, मेला, महोत्सव तथा भेला नगर्ने र गर्न रोक लगाउने निर्णय गरिएको छ । 

स्मार्ट लकडाउन २०७८ मा भएको सूचकअनुसार जोखिम मूल्याङ्कन र लकडाउनको तह विश्लेषण गरी पालिकाले कार्यान्वयन गर्ने र सीसीएमसीसीलाई नियमितरूपमा जानकारी गराउने निर्णय भएको छ । म्याग्दीमा आजसम्म ११ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया