नेपालकाे कुल जनसङ्ख्याकाे आधाभन्दा धेरैले काेराेनाविरुद्धकाे खाेप लगाए

 पुस २८, २०७८ बुधबार १८:५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको कुल जनसङ्ख्याको आधाभन्दा धेरैले काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाएका छन् ।

पछिल्लो २४ घण्टामा दुई लाख १४ हजार ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै कम्तीमा पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ५३ लाख ३० हजार ४६ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यो नेपालको कुल जनसङ्ख्या तीन करोड तीन लाख ७८ हजारको ५० दशमलव ५ प्रतिशत हो ।

यस्तै कुल जनसङ्ख्याको ३७ दशलमव आठ प्रतिशत अर्थात् एक करोड १४ लाख ६९ हजार जनाले पूर्ण मात्रा खोप लगाएका छन् । तर लक्षित जनसङ्ख्यामा भने ७६ दशमलव ५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् ।

सरकारले खोप अभियान सुरु गर्दा १८ वर्षमाथि उमेर भएकाहरूलाई लक्षित जनसङ्ख्यामा राखेको थियो । मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा अहिलेसम्म तीन करोड ९२ लाख तीन हजार नौ सय २७ मात्रा खोप भित्रिएको छ । यसमध्ये दुई करोड ६७ लाख ९९ हजार सात सय २४ मात्रा खोप प्रयोग भइकेको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया