ओमिक्राेन भेरियन्ट : खाेप नलगाएका व्यक्तिको ज्यान जाने सम्भावना २० गुणा बढी

 पुस २८, २०७८ बुधबार १९:११:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काेभिड १९ (कोरोना भाइरस) को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण दर र मृत्यु दर खोप लगाएकाभन्दा नलगाएका व्यक्तिमा धेरै भएको पाइएको छ ।

पछिल्लो अध्ययनअनुसार खोप लगाएकाभन्दा नलगाएकालाई ओमिक्रोन भेरियन्टको सङ्क्रमण सर्ने सम्भावना १० गुणा र सिकिस्त भएर अस्पताल भर्ना हुने सम्भावना १७ गुणा बढी भएको देखिएको सङ्क्रामक रोग विशेषज्ञ डाक्टर जनक कोइरालाले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज बुधवार डाक्टर कोइरालाले ओमिक्राेन सङ्क्रमणबाट खोप लगाएका व्यक्तिभन्दा नलगाएका व्यक्तिको ज्यान जाने सम्भावना २० गुणा बढी रहेको बताउनुभयो ।

ओमिक्रोन भेरियन्ट यसअघि फैलिएको डेल्टा भेरियन्टभन्दा अत्यधिक सङ्क्रामक भएकाले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । डेल्टाकाे सङ्क्रमणलेजस्तो मृत्यु गराउने नभए पनि एकदम छिटो धेरै जनसङ्ख्यालाई सङ्क्रमण गराउने भएकाले यसले ठूलो क्षति गराउन सक्ने सम्भावना रहेको डाक्टर काेइरालाकाे भनाइ छ ।

ओमिक्रोनले फोक्सोमा भन्दा घाँटी, नाक, श्वासनलीमा सङ्क्रमण गराउने उहाँले बताउनुभयो । डेल्टा भेरियन्टले सिधै छातीमा निमोनिया गराउने गरेकोमा ओमिक्रोन भेरियन्टले फोक्सोमा सङ्क्रमण तथा निमोनिया गराएको नदेखिएको डाक्टर कोइरालाले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया