कोरोना महामारी नियन्त्रणका लागि सबै संयन्त्र परिचालन गरेका छाैँ : सरकारका प्रवक्ता

 पुस २९, २०७८ बिहिबार १४:१७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले (काेभिड–१९) कोरोना महामारी नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालन गरेको बताउनुभएको छ ।

पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमण बढेको भन्दै प्रवक्ता कार्कीले नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको समेत बताउनुभएको छ । यस्तै उहाँले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाएको पनि सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभएको छ । उहाँले कोरोना रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई आग्रह गर्नुभएको छ ।

नेपालमा अहिलेसम्म कुल जनसङ्ख्याको ५० प्रतिशतभन्दा धेरै र १८ वर्षमाथिको जनसङ्ख्याको झन्डै ७७ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् । सरकारले गएकाे पुसभित्र १८ वर्षमाथिका दुई तिहाइ नागरिकलाई पूर्ण मात्रा खोप दिने लक्ष्य लिएको भए पनि त्यो पूरा भएको छैन ।

नेपालमा खोपको उपलब्धता पर्याप्त रहेको भए पनि खोप अभियानले तीव्रता पाउन नसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । कतिपय नागरिकहरू खोपको नकारात्मक प्रभावको डर तथा लगाए पनि सङ्क्रमण भइहाल्छ वा हामीलाई सङ्क्रमण हुन्न जस्ता बुझाइका कारण खोप अभियानमा सहभागी नभएका विज्ञहरू बताउँछन् । खोपप्रति सकारात्मक धारणा बनाउनका लागि सरकारले पहल गर्नुपर्ने विज्ञहरूको सुझाव छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया