चीनमा कोरोना सङ्क्रमण फेरि बढ्न थाल्यो : हिउँदे ओलम्पिक नजिकिएसँगै उच्च सतर्कता

 पुस ३०, २०७८ शुक्रबार १५:१९:५१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - चीनमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ ।

सङ्क्रमित हुनेहरुको सङ्ख्या दैनिक रुपमा बढ्न थालेको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन्। हिजो हेनान र तियाजिन प्रान्तमा गरी एक सय ४३ जना सङ्क्रमित भेटिएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

सङ्क्रमण बढेपछि चीनको उत्तरी सहर सियानमा अघिल्लो महिनादेखि नै लकडाउन गरिएको थियो। डिसेम्बर मध्यतिर दैनिक एक सय ५० जनाभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सरकारले लकडाउन गरेको थियो । चीनले कोरोना नियन्त्रण गर्न कडा रणनीति अपनाउँदै आएको छ।

सामूहिक परीक्षण तथा लकडाउनजस्ता उपायहरु अवलम्बन गरिएको छ । चीनमा फेब्रुअरी ४ देखि २० सम्म हिउँदे ओलम्पिक हुँदैछ । हिउँदे ओलम्पिक नजिकिएकाले चीनले उच्च सतर्कता अपनाएको छ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया