नर्वेमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई काेराेना खोप दिन सिफारिस

 माघ १, २०७८ शनिबार ७:३६:५४ | एजेन्सी
unn.prixa.net

नर्वेमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरूद्धको खोप लगाउन पाइने भएको छ ।

सरकारी अधिकारीले नै यो उमेर समूहका बालबालिकालाई खोप लगाउन मिल्ने भन्दै सिफारिस गरेका हुन्।

नर्वेमा यसअघि १२ देखि १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप लगाइँदै आएको अधिकारीले जानकारी दिएका छन् । त्यहाँका स्वास्थ्य मन्त्री इङभील्ड जेर्कोलकाअनुसार सबै प्रकारका बालबालिकालाई भने खोप लगाउन सिफारिस गरिएको छैन ।

निश्चित समूहका बालबालिकालाई मात्रै खोप दिन मिल्ने विज्ञहरूले सिफारिस गरेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले दीर्घरोगी र जटिल स्वास्थ्य समस्या भएका अभिभावकको प्रत्यक्ष सम्पर्कमा रहने बालबालिका र कोभिडको पछिल्लो महामारी फैलिएका र राम्रो स्वास्थ्य सेवामा पहुँच नभएका देशमा जाने बालबालिकालाई खोप नलगाउन सुझाव दिइएको बताउनु भएको छ ।

नर्वेका धेरैजसो नागरिकले खोपको दुवै मात्रा लगाइसकेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया