एकै दिन २० हजार सङ्क्रमित हुन सक्ने, अबकाे दुई हप्ता विशेष सावधानी अपनाउन सुझाव

 माघ ४, २०७८ मंगलबार ७:२३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । दिनहुँ सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । तर, सङ्क्रमण रोकथामका लागि त्यसअनुसारको ध्यान भने दिइएको पाइएको छैन । केही दिनदेखि दैनिक ५/६ हजार जना नयाँ सङ्क्रमित थपिँदै छन् । यो सङ्ख्या अबको दुई हप्तासम्म अझै बढ्दै जाने विज्ञले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले सङ्क्रमण बढेर एकै दिन २० हजारसम्म पुग्न सक्ने अनुमान रहेको बताउनुभयो । यस्तै, सङ्क्रमतिमध्ये १० प्रतिशतलाई अस्पताल भर्ना गर्नु पर्ने अवस्था आउने पनि उहाँको अनुमान छ । सङ्क्रमण तीव्र गतिमा फैलिएर दैनिक २० हजार सक्रिय सङ्क्रमित थपिए ७ दिनमै १४ हजार बेड आवश्यकता पर्नसक्ने मन्त्रालयको प्रक्षेपण छ ।

सङ्क्रमित बढेसँगै अस्पताल भरिन थालेका छन् । स्वास्थ्यकर्मी पनि सङ्क्रमित हुने क्रम बढेकाले केही ठाउँमा स्वास्थ्यकर्मीकै अभाव समेत हुन थालेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी बढिरहे पनि पालिका, स्वास्थ्य कार्यालय र प्रशासनले परीक्षण बढाउन ध्यान दिएका छैनन् ।

माघ दोस्रो हप्तासम्म कोरोना सङ्क्रमण उच्च बिन्दुमा पुग्ने सम्भावना रहेको विज्ञले बताएका छन् । अबको दुई हप्ता विशेष सावधानी अपनाउनु पर्ने जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनी बताउनुहुन्छ । कोरोना सङ्क्रमणको रोकथामका लागि मास्क अनिवार्य लगाउनु र भौतिक दूरी कायम गर्नु नै हो । यो सँगै बेला बेलामा साबुनपानीले मिचिमिची हात धुने  र स्यानिटाइजर लगाइरहन डाक्टर मरासिनीको सुझाव छ ।

मास्क नलगाउनेहरुलाई अहिले देखिएको कोरोनाको ओमिक्रोन भेरियन्टसँगै डेल्टा भेरियन्टको समेत सङ्क्रमण हुन सक्ने खतरा रहेकाले मास्क अनिवार्य लगाउन उहाँको सुझाव छ ।

यसैबीच, कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढे पनि पशुपतिनाथ मन्दिर, सार्वजनिक यातायात, बजारलगायत  ठाउँमा भिड भने घटेको छैन । यसले जोखिम झनै बढाएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड सार्वजनिक यातायातमा पनि पालना भएको छैन । यातायात व्यवस्था विभागलगायत सरोकार भएका निकायले मापदण्ड पालनामा कडाइ गर्न सकेका छैनन् । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sudeep Chaulagain

    Jan. 18, 2022, 8:09 a.m.

    स्कूलको जांच ९ गतेदेखि छ , बिद्द्यार्थी ५०० जना छन् , सबै एकैपटक आउँछन , हामी असुरक्षित छौं /

  •  0 Reply

तपाईको प्रतिक्रिया