चुलाे नजिकै सुताएका शिशुको ज्यान गयो, आमा घाइते

 माघ ९, २०७८ आइतबार २०:०:३१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिममा घरको चुलाे नजिकै सुताएका एक नवजात शिुशुको जलेर ज्यान गएको छ । चौरजहारी नगरपालिका ६ शान्तिबजारमा आज बिहान ओछ्यानमा आगो सल्किएर १९ दिने नवजात शिशुको ज्यान गएको हो । 

सुतिरहेको ओछ्यानमा आगो सल्किँदा रिमबहादुर रोकाका १९ दिने शिशु सुनिलकाे जलेर ज्यान गएकाे हो । बच्चालाई जोगाउन खोज्दा २४ वर्षीया आमा निर्मला रोकाका दुई वटै हात पोलाेर घाइते हुनुभएको छ । 

चुलाे नजिक ओछ्यान रहेको र आगो सल्किएपछि शिशुको ज्यान भएको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण डाँगीले जानकारी दिनुभयो ।

घाइते हुनुभएकी आमा चाैरजहारी अस्पतालमा उपचारपछि घर जानुभएकाे छ । आमा कामले कोठाबाहिर गएका बेला ओछ्यानमा आगो सल्किएको बताइएकाे छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया